

प्रेस युनियन कपिलवस्तुद्धरा स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार बितरण



सागर पौडेल,
कपिलवस्तुको तौलिहवामा स्वर्गिय प्रमोदराज शर्मा स्मृती पत्रकारिता पुरस्कार बितरण गरिएको छ । नेपाल प्रेस युनियन कपिलवस्तु शाखाले हरेक बर्ष बितरण गर्ने पुरस्कार जिल्लाका दुई सञ्चारकर्मीलाई दिईएको हो । साहित्यकार हरिराज शर्मा (हराश) का स्वर्गिय छोरा प्रमोदराज शर्माको स्मृतीमा युनियनले राखेको अक्षयकोषबाट जनही ५ हजार ५ सय ५५ रुपैया राशीको पुरस्कार बितरण गरिएको थियो । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल र नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्ट, अक्षयकोषका संरक्षक हरिराज शर्माले सञ्चारकर्मी सोना खटिक र नारद कोहारलाई पुरस्कार रकम र प्रमाणपत्र प्रदान गरेका थिए ।
पुरस्कृत सञ्चारकर्मी खटिक रेडियो कपिलवस्तुकी स्टेशन म्यानेजर हुन भने कोहार साझा न्युजका कार्यकारी सम्पादक रहेका छन । पुरस्कृत सञ्चारकर्मी खटिकले पुरस्कारले सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताका लागी थप जिम्मेबारी बोध गराएको बताईन । आफुले अभावका बिच एक दशक देखी पत्रकारितालाई नै कर्मथलो बनाएको स्मरण गर्दै पुरस्कार बापतको रकम आफुले पत्रकारिता क्षेत्रमा जोडेका दुई किशोरी पत्रकारको स्तरबृद्धिका खर्च गर्ने उनले प्रतिबद्धता जनाईन । अक्षयकोषका संरक्षक शर्माले पत्रकारिता क्षेत्रमा खटिएका कर्मशिल पत्रकारलाई पुरस्कृत हुन चयन गरेर युनियनले उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

पत्रकारिताले समाजको ऐनाको काम गर्ने भएकाले परिवार गुमाएको पिडा पत्रकारिता क्षेत्रलाई सहयोग गरेर बिर्सन प्रयत्न गरेको उनले बताए । पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले पत्रकारिता क्षेत्रको बृति बिकासमा अक्षयकोष निर्माणले सहयोग पुर्याएको बताउदै अन्य संगठनले समेत सो को सिको गर्नु पर्नेमा जोड् दिए । महासंघ शाखा अध्यक्ष डिलाराम भुसालले पत्रकारिताको मर्मलाई जिवन्त राख्न कार्यक्रमले प्रोत्साहित गरेको बताए ।
पत्रकारलाई गरिने सम्मानले समाजमा भएका बेथिती र बिकृतीको उजागर गर्न जागर थपिएको प्रजिअ दिर्घ नारायण पौडेलले बताए । बिगतका परम्परागत शैली र तौर तरिकाले अगाडी बढ्न नसकिने भएकाले अभावका बिचमा पनि पत्रकार रुपान्तरीत हुनु पर्ने बेला आएको पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश बिष्टले बताए । प्रबिधीका हिसावले रुपान्तरण हुनु अहिलेको प्रमुख चुनौती भएको बिष्टको भनाई थियो । कोभिड संक्रमणका बेला सबै भन्दा बढि सञ्चारकर्मी मारमा परे पनि सरकारले सञ्चारकर्मीलाई सहयोगका प्याकेज उपलब्ध गराउन नसकेको युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले बताए ।
युनियनका जिल्ला सभापति गोपाल भण्डारीको अध्यक्षतामा सम्पन्न पुरस्कार बितरण समारोहमा बोल्दै अधिकारकर्मी रवि ठाकुर, काँग्रेस पुर्व जिल्ला सभापति राजेश आचार्य, पुर्व जिबिस सभापति रमेश शर्मा लगायतले युनियनको कार्यको प्रशंसा गरे ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया