

९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर


पुस १काठमाडौं ।
नौ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर आज ९बुधबार० देखि खुलेको छ। मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ।
मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा गरेकी थिइन्। त्यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलनसमेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा।मिलनकुमार थापाले जानकारी दिए।
आजदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्थापन पक्षले छ। मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन।
पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने थापाले बताए। विभिन्न संस्थाले लामो समयदेखि पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका थिए।
चैतदेखि पशुपतिनाथ मन्दिर बन्द हुँदा कोषलाई करीब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले जानकारी दिए।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया