

शक्तिशाली र सक्रिय राष्ट्रपति चाहिएको हो भने प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊॅ : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवम जनता समाजवादी पार्टी जसपाका संघिय परिषद अध्यक्ष बाबुराम भट्टराईले राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउन नेताहरुको पछिल्ला गतिविधिप्रति आलोचना गर्नुभएको छ ।अध्यक्ष भट्टराईले पटक पटक पार्टी र राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुनै पनि धारामा नरहेको भन्दै आलोचना गर्नुभएकाे छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नेताहरू लगातार राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ धाउन थालेपछि बिहीबार साँझ ट्विट गर्दै डा भट्टराईले आलोचना गर्नुभएकाे हाे ।प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरू पटकपटक राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा संविधानमा गरिएको व्यवस्थाभन्दा पनि बाहिर भएको उहाँले बताउनुभएकाे छ । डा भट्टराईको प्रश्न छ, ‘पटकपटक पार्टी/राज्यका समस्या लिएर राष्ट्रपतिकहाँ धाउने वा राष्ट्रपतिले बोलाउने कुरा नेपालको संविधानको कुन धारा अन्तर्गत हो ?’
उहाँले शक्तिशाली, सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान सकिने नत्र जसले अगुवाई गर्दै आए उनीहरुले नै ती नियमहरु मिच्दै गएको दाबी ग्नर्नुभएकाे छ । ‘शक्तिशाली/सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं न त! नत्र यो जो अगुवा उही बाटो ह..अति भो!,’ उनको ट्विटमा उल्लेख छ ।
बिहीबार मात्रै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले राष्ट्रपतिलाई छुट्टाछुट्टै रूपमा भेट्नुभएकाे थियाे । यसअघि पनि पार्टीमा विवाद बढ्दै गएपछि राष्ट्रपतिको सक्रियता बढ्दै जाने गरेको थियो । नेकपाका अध्यक्षद्वयले यसअघि नै पार्टीको विवाद मिलाउन राष्ट्रपतिलाई साक्षी राख्दै आएका छन् ।


खबर सबै
-
पेट्रोलियम पदार्थको मूल्य घट्न अझै केही समय लाग्छ : अर्थमन्त्री वाग्ले
-
लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
-
श्रृङ्गिघाट सामुदायिक वनको प्रभावकारी कदम, वन संरक्षणसँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानामगर सवार गाडी दुर्घटना
-
कपिलवस्तुका दुईसहित लुम्बिनीका ३ पालिकाले ल्याउन सकेनन् आगामी बजेट
-
लायन्स क्लब अफ कपिलवस्तुको ९औं पद हस्तान्तरण: पौडेलको सफल कार्यकालपछि क्षेत्री आए नेतृत्वमा
-
ब्राइट लुम्बिनीको १३औँ स्थापना दिवस : ‘प्रथम ब्राइट डान्स आइडल’ बने विजय घर्ती
-
ब्राइट लुम्बिनीको १३औं वार्षिकोत्सव सम्पन्न, प्रथम “ब्राइट डान्स आइडल” को उपाधि घर्तीलाई
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार







प्रतिक्रिया