

हिमाली साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न



सागर पौडेल कोपवा-०५ हिमाली वचत तथा ऋण सहकारी संस्था लि.बाणगंगा—कोपवामा कोरोना माहामारीको कारण विगतका वर्षहरुमा भन्दा फरक स्वरुपमा सहकारी विभागवाट जारी साधारण सभा कार्यविधि वमोजिम २०७७-०८-२६ देखि २०७७-०९-११ सम्मको समय सिमा राखि वार्षिक प्रतिवेदन उपर सेयर सदस्यहरुवाट सुझाव पेटिका मार्फत राय, सल्लाह, सुझाव माग गरि प्राप्त प्रतिक्रियामाथी प्रतिनिधिमुलक उपस्थितिमा छलफल गरि आज एक कार्यक्रम विच वैधानिक निरुपण सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष वावुराम अर्यालको अध्यक्षता,सल्लाहकार युवराज अर्यालको प्रमुख आतिथ्यता,संस्थाका उपाध्यक्ष भरतराज न्यौपानेको स्वागत मन्तव्य र सचिव कमल खनालको सन्चालनमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दुनिका प्रसाद भुसालले मन्तव्य राख्दै संस्थाले छोटो समयमा अपेक्षाकृत उन्नति गरेकोमा सम्पूर्ण सदस्यहरुमा आभार प्रकट गर्दै आगामी दिनहरुमा अझै सक्रिय सहकार्यताको शुभेच्छा व्यक्त गर्नुभयो ।
त्यसैगरि संस्थाका पुर्व ब्यवस्थापक ज्ञान बहादुर कार्की र सेयर सदस्य सालिकराम पौडेलले पनि शुभकामना मन्तव्य दिदै सस्थाको उज्वल भविस्यको कामना गर्नुभयो। सो कार्यक्रममा संस्थाका सचिव कमल खनालले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण भुसालले आर्थिक प्रतिवेदन, लेखा समिति संयाजक कपिल घिमिरेवाट लेखा प्रतिवेदन र अध्यक्ष वावुराम अर्यालले आगामी वर्षका निति तथा कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो ।




खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया