
ओलीको कदम असंवैधानिक : भारतीय अखबार

काठमाडौं , पुस ७
प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गरेर निर्वाचनमा जाने निर्णयले नेपाललाई राजनीतिक अनिश्चयमा लैजाने निष्कर्षसहित भारतका प्रमुख अंग्रेजी पत्रिकाहरुले मंगलबार सम्पादकीय प्रकाशित गरेका छन् ।
दि इन्डियन एक्सप्रेसले आफ्नो सम्पादकीयमा भनेको छ, ‘पार्टीभित्रका आफ्ना नेताहरुको मागप्रति झुकेर शक्ति संरचनामा उनीहरुलाई एकामोडेट गरेर जानुको साटो ओलीले संसद भंग गर्ने विकल्प रोजेका छन् ।’ सो कदमले नेपाललाई अनिश्चयको बाटोतर्फ लगेको सो अखबारले उल्लेख गरेको छ ।
सो सम्पादकीयमा ओलीले मधेशी लगायतका विषयलाई सम्बोधन गर्नुको साटो शक्ति केन्द्रीकरण गर्न लागेको, भारत विरोधी कदम चालेको र चीनतर्फ नजिक भएको उल्लेख गरेको छ । अहिलेको नेपालको आन्तरिक मामिलामा भारतले गर्न सक्ने एकदमै थोरै कुरा भएको भन्दै भारतले कोर्स कसरी अगाडि बढ्छ ‘वाच’ गर्नुपर्ने उल्लेख गरेका छन् ।
अर्को अंग्रेजी दैनिक दि हिन्दुस्तान टाइम्स दैनिकले भने ओलीले असंवैधानिक र अप्रजातान्त्रिक कदम चालेको उल्लेख गरेको छ । सो कदमले ओलीको क्रिडेन्सियल खत्तम पारेको उल्लेख गरिएको छ । सो पत्रिकाले भनेको छ, ‘यसले के पाठ सिकाएको छ भने आफूलाई सर्वाेच्च ठान्ने नेता जसले जातीय सर्वाेच्चता र उग्र राष्ट्रवादमा विश्वास गर्छ, उनीहरु प्रयास अप्रजातान्त्रिक हुने गर्दछन् ।’
सो पत्रिकाले चीनको आशा विपरीत कम्युनिष्ट पार्टी फुट्न लागेको तर यो प्रजातन्त्रको लागि राम्रो हुने सो सम्पादकीयमा उल्लेख गरिएको छ । सो पत्रिकाले नेपालमा भएको राजनीतिक घटनाक्रमलाई राम्रो ढंगले बुझ्नुपर्ने तर ओलीलाई ब्याक गर्न नहुनेसमेत उल्लेख गरेको छ ।
त्यसैगरी दि हिन्दुले प्रधानमन्त्रीको संसद भंगसँगै नेपालमा राजनीतिक उथलपुथल उत्पन्न भएको शीर्षकमा सम्पादकीय प्रकाशित भएको छ । नेकपामा विभाजनसँगै देशमा राजनीतिक अस्थिरता उत्पन्न हुने सो सम्पादकीयमा भनिएको छ । ओलीले राजनेता हुने अवसर पाएको तर त्यसलाई गुमाएको समेत सम्पादकीयमा उल्लेख गरिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया