
रत्नपार्कको नाम परिवर्तन गर्नु गलत छ : कमल थपा

मंसिर, ८ काठमाडौं ।
काठमाडौंको रत्नपार्कको नाम फेरिएकोमा राप्रपा अध्यक्ष कमल थापाले कडा आपत्ति जनाएका छन् । आइतबार राति ट्विट गर्दै थापाले यो निर्णय नसच्चाइए प्रतिरोधमा उत्रने चेतावनी दिएका हुन् ।
थापाले इतिहास मेटाउने काठमाडौं महानगरको कार्य स्वीकार्य नहुने बताएका हुन्। ‘श्री ५ महेन्द्रको जीवन संगीनी राजा वीरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको इतिहास मेटाउने कार्य अस्वीकार्य छ ।’ थापाले ट्विटरमा लेखेका छन् ।
यस कार्यले राष्ट्रिय विभूति शंखधर साख्वाकै अपमान भएको उनको भनाइ छ । आफैंमा चर्चित राष्ट्रिय विभूति साख्वाको सम्मान अन्तै छुट्टै सालिक वा पार्क बनाउनु पर्ने थापाको ठहर छ ।
‘रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्’ थापा भन्छन्, ‘द्वन्द्व निम्त्याउने काम नहोस् ।’



खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया