

म्यासेञ्जरमा आयो भ्यानिस मोड, अब आफैं डिलिट हुनेछन् पठाएका म्यासेज


ई–साझाकुरा, कार्तिक ३०
हालै मात्र फेसबुकले ह्वाट्सएपका लागि डिसअपियरिङ म्यासेज फिचर ल्याउने घोषणा गरेको थियो । त्यसै अनुसारको फिचर कम्पनीले म्यासेञ्जरका लागि समेत जारी गरेको छ ।
म्यासेञ्जरका अलावा इन्स्टग्राममा समेत भेनिस मोड दिइनेछ । म्यासेञ्जरमा भेनिस मोड हाल निश्चित स्थानहरुमा अपडेटको माध्यमबाट उपलब्ध गराइएको छ । तर चाँडै सबै प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनेछन् । फेसबुकले आफ्नो अफिसियल ब्लगमार्फत म्यासेञ्जर भेनिस मोड जारी गर्दै कम्पनी निकै उत्साहित रहेको बताएको छ ।
‘यसको सहयोगमा तपाईं यस्ता म्यासेज पठाउन सक्नुहुनेछ, जो स्वतः गायब हुनेछन् । जसैगरी तपाईं जसै म्यासेज हेर्नुहुनेछ, लगत्तै च्याटबाट ती म्यासेज स्वतः गायब हुनेछन्,’ कम्पनीले भनेको छ । म्यासेञ्जरको भेनिस मोड प्रयोगकर्ताका लागि प्रयोग गर्न समेत निकै सहज छ । अपडेट पश्चात तपाईं आफ्नो म्यासेञ्जर च्याट थ्रेडलाई स्वाइप अप गरेर (औंलाले माथितर्फ धकेलेर) भेनिस मोडमा प्रवेश गर्न सक्नुहुनेछ ।
दोस्रो पटक स्वाइप अप गरेपछि पुनः म्यासेञ्जर नर्मल मोडमा फर्किनेछ । फेसबुक म्यासेञ्जरको भेनिस मोडमा टेक्स्ट मात्र नभएर जीआईएफ, स्टिकर तथा फोटो समेत स्वतः डिलिट हुनेछन् ।

यसै किसिमको फिचर ह्वाट्सएपका लागि समेत ल्याइएको छ । जसमा म्यासेज सात दिनमा स्वतः डिलिट हुनेछन् । फेसबुकको म्यासेञ्जरमा भेनिस मोड तब मात्र प्रयोग गर्न सकिनेछ, जब दुवै व्यक्ति म्यासेञ्जरमार्फत एक अर्कोसँग कनेक्टेड हुन्छन् ।
तपाईंले यसबाट कुनै निश्चित व्यक्तिसँग भेनिस मोड प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा समेत तय गर्न सक्नुहुनेछ । यदि भेनिस मोडमा कसैले स्क्रिनशट लिन्छ भने तपाईंलाई समेत त्यसको नोटिफिकेसन प्राप्त हुनेछ ।
कम्पनीको भेनिस मोड सुरुवाती चरणमा म्यासेञ्जरमा आउनेछ भने त्यसपश्चात इन्स्टाग्राममा समेत उपलब्ध हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया