

लायन्स क्लव अफ कपिलवस्तु आयोजनामा पिस पोस्टर प्रतियोगिता सम्पन्न, घिमिरे प्रथम


कार्तिक २७, नवराज बेल्वासे
लायन्स क्लव अफ कपिलवस्तुले आज बाल मा.वि वैरीयामा विद्यालय स्तरीय पिस पोस्टर प्रतियोगिता सम्पन्न गरेको छ । लायन्सले प्रत्येक वर्ष गर्ने गरेको यो प्रतियोगिता कोरोना महामारीका बिच २०७७ मा पनि सम्पन्न गरेको छ । शान्तिको प्रतिकको पोस्टर सहभागि प्रतियोगीहरुले निमार्ण गरेका थिए ।

प्रतियोगितामा ज्ञानपुञ्ज बोर्डिग स्कुल राजपुरकि सम्पदा घिमिरे प्रथम, बाल मा.वि बैरियाकि सञ्जीता परियार द्धितिय, वाणगंगा मा.वि गजेहडाकि दिक्षा मरासिनी तृतीय र हथौसा लिटिल स्टार विद्यालय ओदारीका विशाल शर्मा सान्त्वना भएका थिए ।
प्रथमले नगद ३ हजार सहित प्रमाण –पत्र, द्धितियले नगद २००० सहित प्रमाण–पत्र, तृतीयले नगद १ हजार सहित प्रमाण–पत्र तथा सान्त्वना हुनेले नगद ५०० सहित प्रमाण–पत्र प्राप्त गरेको थिए ।

लायन्स क्लव अफ कपिलवस्तुका Vp 1st धातानन्द भुसालको अध्यक्षता, शिक्षक महासंघ वाणगंगाका अध्यक्ष अर्जुन शाहीको प्रमुख आथित्यिता रहेको कार्यक्रमको संयोजक ला. ओम प्रकाश घिमिरे तथा कार्यक्रमको प्रमुख निर्णायकका रुपमा ला.राम बहादुर पौडेल क्षेत्री रहनु भएको थियो ।
केटाकेटीमा लुकेको प्रतिभा हुन्छ , त्यस्ता प्रतिभाको खोजी गर्न जानेको खण्डमा उनिहरुको भविष्य उज्जवल हुने तथा उनिहरुमा पनि प्रतिभामुखी कार्यहरु गर्न उत्साह मिल्ने र त्यस्ता प्रतिभाको सम्मान लायन्स क्लव अफ कपिलवस्तुले गरेको कुरा प्रमुख आथिति शाहीले मन्तव्य राख्दै सो कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रममा क्लवका लायनकर्मी टेमर ट्रिस्टर शान्तराज गैरे, टेल राम प्रसाद भुसाल तथा क्लवका निर्देशक दिनामणी खनालको उपस्थिती रहेको थियो ।
लायन्स क्लव अफ कपिलवस्तुका पि.आर.ओ नवदत्त्त घिमिरेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव ला. रामसुभागे थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया