

अर्घाखाँचीका पहिरो पिडित ४२ घरधुरीलाई वन कार्यालय कपिलवस्तुले हटायो


कात्तिक २४ कपिलवस्तु
अर्घाखाँचीको सितगंगा नगरपालिकाका पहिरो पिडित परिवारहरुलाई वन कार्यालयले हटाएको छ ।
गत असोज ९ गते गएको पहिरोका कारण विस्थापित बनेका अर्घाखाँचीको सितगंगा १२ का पहिरो पिडितलाई आश्रय लिइएको ठाउबाट समेत हटाइएको हो । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर १० स्थित तिलौराकोट साझेदारी वनको चुरेफुट हिल ब्लकमा बसेको भन्दै उनीहरुलाई डिभिजन वन कार्यालय कपिलवस्तुबाट पुगेको टोलीले हटाएको हो ।

गत असोज ९ गते पहिरोका कारण आश्रय स्थल गुमाएका ४२ घरधुरी हाल सितगंगा नगरपालिका वडा नम्बर १२ स्थित मोहडाको खाली जग्गामा बसोबास गर्दै आएका थिए । उनीहरु सो स्थानमा पाल र टेन्ट टाँगेर बसिरहेका थिए । डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमूख ईश्वरी प्रसाद पौडेलको संयोजकत्वमा पुगेको टोलीले पहिरोबाट पिडित बनी खाली जग्गामा अस्थायी बसोबास गरीरहेका उनीहरुलाई हटाएको हो ।
उता सितगंगा नगरपालिकाले भने सो जग्गा अर्घाखाँची जिल्लाकै भएको जनाएको छ । नगरपालिकाका मेयर सूर्य प्रसाद अधिकारीले सो जग्गामा अर्घाखाँचीका स्थानियले पहिले देखि उपभोग गर्दै आएको भन्दै अदालतले समेत वन क्षेत्र नभएको भनि आदेश गरेको बताउनुभयो । यस विषयमा आफुहरुले अध्ययन गर्ने र समस्याको समाधन गरिने पनि मेयर अधिकारीले बताउनुभयो । यस अघि पहिरो जादा पिडित बनेकाहरुलाई नगरपालिले मोहडा, गंगाखोला लगाएतका स्थानमा व्यवस्थापन गर्ने जनाएको थियो ।
अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वाड नम्बर १२ कोठिया मैदानको जोख्ले गैरा भन्ने ठाउँमा पहिरा जादाँ १७ घर बगाएको थियो । गाउँमा पहिरो गएसँगै ९९ घर परिवार प्रत्यक्ष जोखिममा परेका थिए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया