

पाठक र रुबसका एक एक गजल



गजल
जिन्दगीका वास्तविकता पिरा भेटिन्छन्
मिठा सिद्धान्तहरुमा धमिरा भेटिन्छन्
शिक्षा,स्वास्थ्य,राजनीतिको कुरै नगर्नुस्
खानेपानीको जारमा पनि किरा भेटिन्छन्
जो सँग हामी वर्षौदेखि न्याय मागेका छौं
आखिरमा तिनै मान्छेहरू बहिरा भेटिन्छन्
माटोको लागि दुई दिन चिच्चाएर चुप लागियो
मेची-महाकाली पनि अब चिरा-चिरा भेटिन्छन् ।
-प्रकाश पाठक कपिलवस्तु
गजल
जिन्दगी जिउन कठिन छ कहाँ सरल छ
एकातिर चोट अर्कोतिर मुटु हलचल छ
चुहिने छानो चिहाउँछन् मेरा खुशीहरू
दु:ख खरिद गर्न को आउँछ मेरो पसल छ
पसिनाको लगानी गर्छु, नङ्ग्रा खियाउँछु
कहिल्यै फल्दैन आम्दानी नोक्सानी फल्छ
रोइरहेछ सडकमा भोको पेट, नाङ्गो शरीर
न आफन्त छन् न पेट पाल्न दालचामल छ
सुनसान छ मनको बस्ती कैयौं दिनदेखि
दिलमा फेरि यादहरूको चहलपहल छ
आफ्ना इच्छा मारे बा’ले सपना पूरा गर्न
फुटेका ती कुर्कुचामा फाटेको चप्पल छ
अदित्यी अर्याल ज्ञवाली– रुबस 


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी








प्रतिक्रिया