नक्कली डिएसपी पक्राउ

कार्तिक १७, ई–साझाकुरा

आफूलाई डिएसपी हुँ भन्दै मोबाइलमा फोन गरी धम्क्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले नक्कली डिएसपी बब्लु झालाई पक्राउ गरेको हो ।

झाले यही कात्तिक १३ गते आफूलाई कालिमाटी वृत्तको डिएसपी भएको भन्दै काठमाडौं बानेश्वर बस्दै आएका चन्दु झालाई फोन गरी धम्क्याएका थिए ।

यसबारेमा चन्दु झाले दिएको उजुरीको आधारमा खोजतलास गर्दै जाँदा डिएसपी हुँ भन्दै फोन गर्ने बब्लु झालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै