अरिङ्गालको टोकाईबाट ७५ वर्षीया बृद्धाको ज्यान गयो

कार्तिक १७, ई–साझाकुरा

डोटी  जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुनटाकमा अरिङ्गालको टोकाइबाट एक बृद्धको ज्यान गएको छ । स्थानीय गोबिन्द पार्कीले दिएको जानकारी अनुसार  अरिङ्गालको टोकाइबाट स्थानीय अन्दाजी ७५ वर्षीया कटि लुहारको ज्यान गएको छ । 

मृतक लुहारलाइ आइतबार वनमा गोठाला गएको बेलामा रुखमा गोलो बनाई बसेको अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईबाट घाईते भएकी बृद्ध लुहारको स्थानीय मौवानगरदह स्वास्थ्यचौकीमा उपचार पछि आईतबार राती नै घरमा लगिएको थियो ।

सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको बताइएको छ । केही दिन पहिला मात्र जिल्लाको सायल गाँउपालिकामा दुई बालिकाको अरिङ्गालको टोकाईबाट ज्यान गएको थियो ।

प्रतिक्रिया

खबर सबै