

पुष्पकमल दाहालले भने प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव राख्नु


कार्तिक १६, ई–साझाकुरा
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी विभाजनको संघारमा पुगेको छ । अध्यक्ष पुष्पकमल दाहालले यस्को खुलासा गर्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीले अब अलग अलग भएर जानु पर्ने प्रस्ताव राख्नु भएको बताउनु भएको छ ।

आइतबार आफ्नो निवास खुमलटारमा सचिवालयका सदस्यहरुलाई बोलाएर उहाँले प्रधानमन्त्री ओलीको प्रस्ताव बारे जानकारी दिनुभएको हो ।
शनिबार ११ दिनपछि प्रधानमन्त्री ओलीसंग अध्यक्ष दाहालको भेट प्रधानमन्त्रीको निवास वालुवाटारमा भएको थियो । सो भेटमा अध्यक्ष दाहालले सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नु भएको थियो । तर ओलीले भने अब पार्टी नै अलग अलग बनाएर लैजानु भलो हुने बताउनु भएको पनि दाहालले खुलासा गर्नु भएको छ ।
आइतबार आफ्नो निवासमा सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादु थापालाई बोलाएर दाहालले यो जानकारी दिनु भएको हो ।
छलफलमा सहभागी एक सदस्यका अनुसार छलफलमा प्रधानमन्त्री ओली पक्षले प्रधानमन्त्री पदको माग गरेको भन्ने कुराको खण्डन गर्दै दाहालले आफुले ओलीसमक्ष प्रधानमन्त्री पद नमागेको प्रष्ट पार्नु भएको थियो ।
यता पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले आइतबार ट्वीट गर्दै पार्टीमा विभाजनको खतरा बढेको उल्लेख गर्नु भएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया