तीन हजार गाँजाको बोट नष्ट

ई–साझाकुरा, कार्तिक १४

उदयपुरको ताप्ली गाउँपालिका ४ लखनडाँडामा स्थानीयले ६ रोपनी जग्गामा लगाएको अवैध गाँजा प्रहरीले नष्ट गरेको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी चौकी रुपाटारबाट खटिएको प्रहरी टोलीले ताप्ली ४ लखनडाँडास्थित ६ रोपनी जग्गाको तीन हजार गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमले जानकारी दिए ।

उदयपुरको उत्तर पश्चिम क्षेत्रको अवैध गाँज खेती प्रहरीले बर्सेनी नष्ट गर्दै आएको छ । सो क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गाँजा खेती नष्ट गर्ने अभियान संचालन गरेसंगै अभियान निरन्तर संचालन भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै