

अधिकाशं गायब भए डस्टविन, “म सफा गर्छु मेरो नगर” अभियान अलपत्र



राजेन्द्र खनाल
कात्तिक ८ कपिलवस्तु
कपिलवस्तुको वाणगंगानगरपालिकाले गत वर्षको वार्षिक कार्यक्रम अन्र्तगत सुरु गरेको म सफा गर्छु मेरो नगर अभियान अहिले भने अलपत्र परेको छ ।
सफा, स्वच्छ र सुन्दर नगर निर्माणका लागि भन्दै भव्यताका साथ सुरु गरिएको सो कार्यक्रम सुरुका केही महिना राम्रै संचालन भए जस्तो देखिए पनि अहिले भने ठप्प जस्तै भएका छन् । हरेक महिनाको १ र १५ गते सम्बन्धित वडाका टोलविकास संस्थाको आयोजनामा “म सफा गर्छू मेरो नगर” भन्दै टोलटोलमा सरसफाई गरिन्थ्यो । बाटोघाटो सफा हुन्थे तर अहिले चाडबाडका बेला पनि सरसफाई ठप्प छ ।
वाणगंगाका हरेक वडाहरुलाई पालो पालो गरि नगर स्तरिय सरसफाई गर्ने गरिएको भए पनि यस आर्थिक वर्षमा भने कार्यक्रम शुन्य स्थितिमा छ । चालु आर्थिक वर्षको सो कार्यक्रमका लागि नगरपालिकाले बजेट समेत विनियोजन गरेको छ । तर कोभिड १९ को कारण देखाउँदै कार्यक्रम प्रभावित भएको बुझिएको छ । नगरपालिकाका प्रवक्ता विष्णु पौडेलका अनुसार नगरपालिका आफैले कार्यक्रम संचालन नगरको भए पनि विभिन्न वडाका टोलविकास संस्थाहरुले आफ्नै किसिमले सरसफाईको कार्यक्रम चलाईरहेका छन् ।
९० प्रतिशत गायब भए सडक छेउँका डस्टविन
म सफा गर्छु मेरो नगर अभियान अन्र्तगत नै वाणगंगा नगरपालिका भित्रका प्राय सबै वडाका सबै टोलका सडक छेउँमा राखिएका फोहोर फ्याक्ने डस्टविनहरु अहिले ९० प्रतिशत गायब भएका छन् । भएका पनि प्रयोग बिहिन हुँदा रित्तै छन् । सडकमा हिड्ने नागरिकहरुले जथाभावि फोहोर नफालुन भन्ने उद्देश्यले सडकका किनारमा राखिएका ति डस्टविनमा फोहोर फालिदैन । बरु सडक किनार दुर्गन्धित हुने गरेको छ । डस्टविनमा फोहोर फाल्न नागरिकलाई वा सडकमा यात्रा गर्नेहरुलाई न नगरपालिकाले जागरुक गराएको छ, न वडा र सम्बन्धित टोलविकास संस्थाहरुले । लाखौँ रकम खर्च गरि राखिएका ति डस्टिविनहरु रित्ता हुदा समेत सम्बन्धित वडाले त्यसको प्रयोगमा जोड दिन सकेका छैनन् ।
गत आर्थिक वर्षको कार्यक्रममा महिनाको दुई दिन सरसफाई अभियानका क्रममा प्रयोगमा आउने ति डस्टविन अहिले भने प्रयोगविहिन बन्न पुगेका हुन ।
यस्तो बताउँछन् वडा जनप्रतिनिधिहरु
वाणगंगा नगरपालिकाको नगर कार्यपालिका बैठकले निर्णय गरी पछिल्लो पटकको सातौँ नगर सभाले चालु आर्थिक वर्षका लागि बजेट समेत विनियोजन गरी नगर सरसफाईको अभियानका लागि योजना बनाएको थियो । तर कोभिड १९ लाई कारण देखाँदै कार्यक्रम यस वर्ष सुरु पनि हुन सकेको छैन । यस विषयमा नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु पौडेलले कोरोनाका कारणले कार्यक्रम संचालन गर्न नसकिएको बताए । उनले अब छिट्टै संचालन हुने पनि बताएका छन् । त्यस्तै वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले नगरपालिकाले अभियान संचालन गरेको भएता पनि त्यति प्रभावकारी हुन नसकेको बताएका छन् । वडा नम्बर ७ मा नगरपालिकाले ३० वटा डस्टविन उपलब्ध गराएको थियो । अहिले ति डस्टविन कहाँ राखिएको थियो भेट्टाउन मुस्किल पर्दछ । त्यस्तै वडा नम्बर ९ भलवाडमा कुल ४५ वटा डस्टविन सडक छेउँमा राखिएको थियो । ति मध्ये अहिले केही छन भने अधिकासं गायब भएका छन् । वडा अध्यक्ष धुव्र वेल्वासेका अनुसार स्ट्याण्ड सहितका डस्टबिन भएको तर बाकीँ हराएको बताए । बाकीँ रहेका डस्टविनहरु पनि प्रयोगमा ल्याउन नागरिकहरु जागरुक नभएको उनले बताए । त्यस्तै उनले अब दशै तिहार पछि सरसफाईका अन्य कार्यक्रम वडाले तय गर्ने पनि दाबी गरेका छन् ।
स्थायी डम्बिङको योजना बनाउँदै सकियो तीन वर्ष
कपिलवस्तुको वाणगंगा नगरपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भई आएदेखि फोहोर फ्याँक्ने स्थायी डम्पिङ साईड बनाउने विषय प्रथामिकतामा पर्ने गरेको छ । विषय प्रथामिकतमा पर्ने गरेको भए ता पनि काम भने शुन्य स्थितिमा रहेको छ । यसैका बिचमा संचालन गरिएको म सफा गर्छु मेरो नगर अभियान सुरुका केही महिना संचालन भएको भए पनि अहिले भने अलपत्र परेको छ ।
पुर्व पश्चिम राजमार्गको वाणगांग नदी किनारमा सडक पेटी सम्मै आउने गरी फोहोरको डङ्गुर छ । जसको छेवैँमा फोहोर निषेधित क्षेत्र तोकिएको छ तर निषेधित क्षेत्रमै फोहोरले भरिएको देख्दा पनि नगरपालिको पछिल्लो तीन वर्षमा विकल्प खोज्न सकेको छैन । यस वर्ष पनि नगरपालिकाले यो विषयलाई प्राथामिकताका साथ उठाएको जनाएको छ । स्थान छनौट र त्यसको याजना बनाउँदै तीन वर्ष बिते पनि स्थायी डम्पिङ साईड नबन्दा वाणगंगा पुल क्षेत्रको करिब १ सय मिटर क्षेत्र दुर्गन्धित भईरहेको छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया