

कपिलवस्तुमा अर्काे चरणको निषेधाज्ञा थपिदैँ


ई–साझाकुरा, साउन ३२
गत साउन २७ गतेदेखि कपिलवस्तुमा जारी गरिएको लकडाउनको समय आइतबार राति १२ बजे देखि सकिदै छ । यद्यपि जिल्लामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै जादा संक्रमण भयावह बन्न सक्ने भन्दै लकडाउनलाई थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । आज देखि निषेधाज्ञा सकिने भन्दै प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले आज बैठक बसी थप केही दिन निषेधाज्ञा थप्ने तयारी भईरहेको बताउनुभयो । संक्रमण नियन्त्रणका लागि जिल्लामा थप एक हप्ता लकडाउन हुने पक्कापक्की भएको उहाँले जानकारी दिनुभयो । आज दिउँसो प्रशासनमा यस विषयमा निर्णय लिनका लागि जिल्ला कोभिड नियन्त्रण समितिको बैठक बस्न लागेको छ । साँझसम्ममा लकडाउन थपबारे निर्णय आउने प्रमुख जिल्ला अधिकारी पौडेलेले बताउनुभयो ।
जिल्लामा लकडाउन जारी भए यता जिल्ला ठप्प छ । अत्यावश्यकीय सेवा प्रदान गर्ने पसल, व्यवसाय बाहेक अरु ठप्प छन् । एक हप्ताको लकडाउनले जनजीवन प्रभावित बनेको छ । जिल्लामा शनिबार थप एक जनाको कोरोनाका कारण ज्यान गएपछि मृतकको संख्या जिल्लामा दुई पुगेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या १ हजार पुग्न लागेको छ ।


खबर सबै
-
जास्मिन बड्स स्कुलका विद्यार्थीलाई स्काउट अभिमुखीकरण
-
बाणगंगा नदीमा नुहाउन गएका दुई बालक बेपत्ता
-
शुक्रबारदेखि सम्पर्कविहिन बनेका पुर्व मेयर सिंहको अन्तत शव फेला
-
बाणगंगा ९ जिनुवामा माछा मार्न गएका बालकको कुलोमा डुबेर दुःखद मृत्यु
-
कपिलवस्तुका पुर्व मेयर सिंह बेपत्ता, अझै फेला परेनन्, खोजी कार्य जारी
-
तीजको रौनक बढाउन आयो नयाँ गीत ‘मेरो बिहे भा छैन, म पोइला गा छैन’






प्रतिक्रिया