

लोप हुँदै सारङ्गी


उमेश बन्जाडे
कात्तिक २१ अर्घाखाँची
गन्धर्व समुदायको जिविकोपार्जनको मुख्य पेशा पछिल्लो समय संकटमा पर्दै जादा लोप पनि हुँदै गएको छ ।
नेपालको प्रायः स्थानमा अहिले सारङ्गि बजाउँदै हिडेने गन्धर्वहरु भेटिदैनन् । सारङ्गिको धुन सुनाएरै जिविका चालउँदै आउने गन्धर्व समुदायका नयाँ पुस्ताहरु यो पेशा अगाल्न छोडिसके । तर अर्घाखाँची जिल्लाको अर्घाका ६० बर्षिय शिवलाल गन्धर्व अहिले पनि सारङ्गि रेटेरै आफ्नो जिवन निर्वाह गर्दै आउनु भएको छ । पहिला पहिला यो कलाको निकै नै महत्त्व भए पनि अहिलेको २१ औ शताब्दिमा भने बाहिरी पहिरन रहनसहन र बढ्दो सामाजिक सन्जालको प्रयोगका कारण सारङ्गि पेशा हराउँदै गएको शिवलाल गन्धर्वको भनाई छ ।

पहिले सारङ्गि बजाएर गाउँ गाउँमा प्रस्तुती दिदाँ चामल, दाल, तरकारी सँगै थोरै धेरै आर्थिक आम्दानी पनि हुने गर्दथ्यो । सोही संकतिल रकम र खाद्यान्नबाट जीवन निर्वाह गर्न सहज हुने गर्दथ्यो । तर अहिले प्राय व्यक्तिले यो कलालाई त्यति चासो नदिएको र मन नपराउनाले जीवन पार्जन गर्न धौ धौ परेको उहाको गुनासो छ।
वालक देखि बृद्ध अबस्थाका ब्यक्तिले समेत पहिला सारङ्गि बजाउने काम गर्थे भने अहिले यो काम गर्न लाज मान्छन् । बरु आधुनिक बाजाको तालमा नाच्न मन पराउने तर आफ्नो पुर्खाैली पेशा सम्हाल्न नमान्दा अहिले गाउँगाउँमा सारङ्गी बजाउनेहरु गाउँमा भेटिन छोडेका हुन ।
नेपाली लोक संस्कृति र कलाको संरक्षण आधुनिक परिवेशमा पनि उत्तिकै महत्पूर्ण छ । अर्घाखाँचीबाट हाम्रा सम्बादाता उमेश बन्जाडेले खबर पठाउनु भएको छ ।



खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया