

चौथो टी–२० मा भारतले वेस्ट इन्डिजलाई ९ विकेटले हरायो : निर्णायक खेल आज


काठमाण्डाै
भारतले चौथो टी–२० मा घरेलु टोली वेस्ट इन्डिजलाई ९ विकेटले हराएको छ । योसँगै पाँच टी–२० खेलको शृङ्खला २–२ को बराबरीमा पुगेको छ ।
जितको लागि १ सय ७९ रनको लक्ष्य पछ्याएको भारतले १७ ओभरमा १ विकेट गुमाउँदै भेट्टयो । भारतका यशस्वी जैसवाल ८४ रनमा अविजित रहे । शुभमन गिलले ७७ रन बनाए । गिल र जैसवालले १ सय ६५ रनको साझेदारी गरे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रन बनाएको थियो ।
वेस्टइन्डिजका शिम्रन हेटमायरले सर्वाधिक ६१ रन बनाए । शाई होप ४५ रनमा आउट भए । होप र हेटमायरबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् । वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो ।
त्यस्तै, तेस्रो खेलमा भारत ७ विकेटले विजयी भएको थियो । यी दुई देशबीचको पाँचौँ तथा निर्णायक टी–२० आज हुनेछ । यसअघि भएको तीन खेलको एकदिवसीय श्रृङ्खला पाहुना टोली भारतले २–१ ले जितेको थियो ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया