

कामबाट निकालेपछि होटल कर्मचारी आन्दोलित


भदौ २९, बुटवल ।
रुपन्देहीको तिलोत्तमामा सञ्चालित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्टका कर्मचारीहरुले आन्दोलन शुरु गरेका छन् । अष्ट्रेलियन सिलभर हेरिटेज कम्पनीको लगानीमा सञ्चालित सो होटलले दुई वर्षे करार सम्झौता सकिएको भन्दै कर्मचारीहरुलाई इमेलबाट पत्र पठाएर विदा दिएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
होटलले अब करार सम्झौता नविकरण नहुने जनाएपछि कर्मचारीहरुले आजदेखी आन्दोलन शूरु गरेका छन् । आन्दोलनको कार्यक्रम अन्तर्गत कर्मचारीले आज दिउँसो रिसोर्ट गेटमा धर्ना दिएका छन् भने जिल्ला प्रशासन कार्यालय र अन्य निकायमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् ।
होटलका जनरल म्यानेजरदेखि तल्लो तहमा कार्यरत ४ सय ३३ कामदारलाई निष्कासन गरेपछि आन्दोलन गर्नुपरेको कर्मचारी युनियनका अध्यक्ष रोसन गुरुङ्गले बताए । उनले निश्काशन गरिएका कर्मचारीहरुलाई पुनरबहाली गर्ने प्रकृया अगाडि बढाउन दबाब दिइएको बताए ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया