


नेपालको विकासमा भारतको सधैँ साथ, पञ्चेश्वर परियोजना अघि बढाउँछौँ : मोदी



काठमाडौँ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारतले सधैँ साथ दिने बताएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै मोदीले देउवा भारतका पुराना मित्र रहेको पनि बताए । पाँचौँ पटक देउवा प्रधानमन्त्री बन्दा परिपक्व भइसकेको भन्दै उनले विकासका लागि आफ्नो साथ रहने बताएका हुन् ।
सम्बोधनका क्रममा मोदीले भने, ‘उहाँ देउवाजी भारतको पुरानो मित्र हुनुहुन्छ । उहाँले प्रधानमन्त्रीको रुपमा पाँचौँ पटक सत्तामा हुनुहुन्छ । नेपालको विकासमा भारतको सधैँ सहयोग रहँदै आएको छ र रहने छ ।’
साथै, बहुचर्चित पञ्चेश्वर परियोजनालाई समेत तीव्र गतिमा अगाडि बढाउनमा जोडएकाे मोदीले बताएका छन् । उक्त परियोजना सम्पन्न भएमा नेपालको विकासका लागि समेत ‘गेम चेन्जर’ हुने मोदीको भनाइ थियो ।
प्रम देउवाको यस भ्रमणले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने समेत मोदीले बताए । साथै उनले नेपाल र भारतको भूमि प्रयोग गरेर एक अर्काविरुद्ध कुनै पनि अवाञ्छित तत्वले गतिविधि गर्न नपाओस् भन्नेमा आफूहरु सचेत रहेको समेत बताएका छन् ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया