


स्थानीय तह चुनावका लागि उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते



काठमाण्डाै
निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगले आज शुक्रवार पत्रकार सम्मेलन गरी आजै बसेको बैठकले स्वीकृत गरेको स्थानीय तह निर्वाचन कार्यक्रम स्वीकृत गरेको जानकारी गराउँदै उम्मेदवार दर्तासम्बन्धी कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको कार्यक्रमअनुसार आउँदो वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने मिति तोकिएको छ । बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दिन सकिनेछ ।
आयोगले वैशाख १२ गते बेलुकी ५ बजेपछि उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ भने १३ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकेको छ । यस्तै उजुरीमाथि छानबिन गरेर आयोगले वैशाख १५ गते उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । वैशाख १६ गते उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
यस्तै वैशाख १६ गते बेलुका ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले वैशाख १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्नेछ ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया