


माओवादी र पूर्वमाओवादी एमसीसीको विरोधमा एकमत, एकताको मिलनबिन्दु खोजिदै



काठमाडौं
पूर्वमाओवादीहरुले यतिबेला मिलनबिन्दु खोजिरहेका छन् । कतिपयले मोर्चा बनाइसकेका छन् । पूर्वमाओवादी मिलाउने प्रयासमा स्वयंं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लागेका छन् । उनले नेत्रविक्रम चन्द विप्लव देखि मोहन वैद्य किरणलगायतलाई एक बनाउन खोजिरहेका छन् ।
अहिले अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विरोधमा माओवादी केन्द्रसहिति पूर्वमाओवादीहरु उत्रिएका छन् । सत्तामा रहेपनि माओवादीका जनवर्गीय संगठन सडकमा छन् । विप्लव, किरण, सीपी गजुरेल, आहुतीलगायत बन्द आव्हान गर्दै सडकमा छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।
प्रचण्डले पूर्वमाओवादी एक ठाउँमा आउनुपर्ने बताउँदै आएका थिए । उनले सार्वजनिक रुपमा चुनावसम्म पूर्वमाओवादी एक हुने बताएका थिए । अहिले एमसीसीको विरोधलाई मिलनबिन्दु बनाउँदै प्रचण्डले त्यसलाई अवसर ठान्न थालेका छन् ।
आज बन्द आव्हान गर्नेहरुमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र आहुती संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी छन् । प्रचण्डले पनि जनवर्गीय संगठनलाई सक्रिय बनाएर सडकमा उतारेका छन् ।
पूर्वमाओवादीमध्येका डा. बाबुराम भट्टराई मात्र एमसीसीको पक्षमा छन् । उपेन्द्र यादव मौन छन् । यसरी प्रचण्डले सबैलाई एक बनाउन खोजिरहेको बुझ्न सकिन्छ ।
यसैगरी, पूर्वमाओवादी एक बनाएर नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र हाल स्वतन्त्र भूमिकामा रहेका भेट्रान कम्युनिस्ट नेता बामदेव गौतमलाई पनि मिलाएर लान प्रचण्डले तयारी गरेको बुझिएको छ । गौतम कम्युनिस्टको ठूलो शक्ति बनाएर जानुपर्ने पक्षमा छन् । उनी एमसीसीको विरोधमा खुलेरै लागेका छन् ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया