


पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि विरुद्ध कपिलवस्तुमा अन्तरक्रिया



भगवती न्यौपाने
पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेजीको माग गर्दै नेकपा निकट संयुक्त जन बर्गीय संगठन मोर्चा कपिलवस्तुले अन्तरक्रिया कार्यक्रम गरेको छ । नेकपा कपिलवस्तु जिल्ला सेक्रेटरी कमल केसिले राज्यले जनतालाई दिनु पर्ने सेवा सुविधा जनताले अनुभुति गर्न नपाएको बताउनु भयो ।
प्रत्येक बजारमा कालाबजारि हुर्दा पनि राज्य मौन भएको बताउदै राज्यले जनतालाई निरासा बनाएको बताउनु भएको थियो । उद्योग बाणिज्य संघको सभहलमा आयोजना भएको कार्यक्रममा कपिलवस्तु नागरिक समाजका अध्यक्ष दोलखबहादुर पक्षाईले कार्यक्रममा बोल्दै पेट्रोलियम पदार्थ मात्रै होइन हरेक क्षेत्रमा मङ्गी बढेको भन्दै काम गरेर खाने मजदुरलाई समस्या भएको उहाँले स्पष्ट पार्नु भयो ।
कपिलवस्तु उद्योग वाणिज्य संघका सचिव खिमान्द पौडेल कपिल, नेकपा माओवादि केन्द्रका प्रतिनिधि कमल आचार्य ,नेकपा नेकपा मसालका जिल्ला प्रबक्ता छिबिलाल गैरे,कपिलवस्तु प्याव्सनका सुरेन्द्र पाण्डे,राष्ट्रिय जनमोचा केन्द्रिय सदस्य हिमाल वाग्ले, थारु राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रिय अध्यक्ष सुनिल थारु, नेकपा (क्रान्तिकारी माओवादी प्रतिनिधि) कमल उप्रेती कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जनताको ज्यानको सुरक्षा दिन नसकेको गुनासो गदैै सरकारले जनताको सधै ढाडभाच्ने काम गरेको बताएकोे थियो ।
अखिल क्रान्तिकारि केन्द्रिय सदस्य विज्ञान क्षेत्रीले चक्रो मुल्य बृद्धिको निकास के होत कसरी निकास निकाल्न सकिन्छ लगायतको विषयमा बताउदै सरकाले गरेको पेट्रोलियम पदार्थको मुल्य विद्री फिर्ता नभए अद्धै आन्दोलनमा जाने बताउनु भयो । साथै उहाले आज सरकार ले कमिसन को आडमा ,कथित चुनाव को खर्च जुटाउने बाहनामा मूल्य वृद्धि गरिएको छ ,वृद्धि मुल्य खारेज गर्न भ्रष्ट सरकार लाई चेतावनी दिनुभएको छ ।
उक्त अन्तरकिया कार्यक्रममा विभिन्न राजनैतिक दलका, विभिन्न सघं संस्थाका प्रतिनिभि युवाहरुको सहभागिता रहेको थियो । सहिद परिवार सङगठनका जिल्ला अध्यक्ष विर बहादुर विकको अध्यक्षता,अखिल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष डिलमाया वाडाको स्वागतमा भएको कार्यक्रमको सञ्चालन युवा सङगठन नेपाल कपिलवस्तु जिल्ला अध्यक्ष देव बाहादुर केसि सागरले सञ्चालन गर्नु भएको थियो ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया