

आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा नेपाल आज पाकिस्तानसँग खेल्दै


काठमाण्डौ : दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्ष मुनिको विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानसँग खेल्दैछ । नेपालले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।
नेपालले १९ वर्ष मुनिको विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ । सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो ।
यू–१९ विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यो समूहमा नेपाल, न्युजिल्यान्ड , पाकिस्तान र अफगानिस्तान रहेका छन् । आजै श्रीलंका र नामिबीया तथा वेस्ट इण्डिज र स्कटल्याण्डबीचको खेल पनि हुँदैछ । सबै खेल दिउँसो पौने २ बजे शुरु हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया