

भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो


काठमाण्डौ
एसिया कप क्रिकेटको सुपर फोरमा भारतले पाकिस्तानलाई फराकिलो अन्तरले हराएको छ ।
आज सोमवार कोलम्बोमा भएको खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले हरायो । भारतले दिएको ३ सय ५७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले ३२ ओभरमा १ सय २८ रन मात्र बनाउन सक्यो । पाकिस्तानका लागि फखर जमानले सर्वाधिक २७ रन बनाए । यस्तै अघा सलमान र इफ्तिकर अहमदले समान २३ रन बनाए । बलिङतर्फ भारतका कुलदीप यादवले ५ विकेटले लिए ।
यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३ सय ५६ रन बनायाे । भारतका लागि विराट काेहली र केएल राहुलले शतक बनाए । काेहली १ सय २२ र राहुल १ सय ११ बलमा नटआउट रहे । तेस्राे विकेटका लागि काेहली र राहुलले १ सय ९४ बलमा २ सय ३३ रनकाे साझेदारी गरे । यसअघि शुभमन गिल ५८ र कप्तान राेहित शर्माले ५६ रन बनाएर आउट भए । बलिङतर्फ पाकिस्तानका शाहीन अफ्रिदी र शदाब खानले १/१ विकेट लिए ।
भारत र पाकिस्तानबीच आज ‘रिजर्भ डे’ मा खेल भइरहेकाे हाे । हिजाेका लागि तय भएकाे खेलमा भारतले २४ ओभर १ बलमा २ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा खेल वर्षाका कारण राेकिएकाे थियाे । आज खेल त्यही अवस्थाबाट शुरु भएकाे हाे ।
यो जितसँगै भारत १ खेलमा २ अङ्कसहित सुपर फोरको शीर्ष स्थानमा उक्लिएको छ । २ खेल खेलेको पाकिस्तान २ अङ्कसहित तेस्रो स्थानमा छ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया