

आईपीएल क्रिकेटमा बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हरायो


काठमाण्डाै
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा बेङ्लाेरले मुम्बई इन्डियन्सलाई ८ विकेटले हराएको छ ।
गएराति भएको खेलमा जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको बेङ्लाेरले १६ ओभर २ बलमा २ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । बेङ्लाेरको जितमा विराट कोहलीले सर्वाधिक ८२ रन बनाए ।
यस्तै, फाफ डु प्लेसिसले ७३ र ग्लेन म्याक्स वेलले १२ रन जोडे । मुम्बईका अर्शद खान र क्यामरोन ग्रीनले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७१ रन बनाएको थियो ।
मुम्बईका लागि तिलक बर्माले ८४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । यस्तै, मुम्बईका नेहाल वाधेराले २१ रन बनाए भने अर्शद खान र सूर्यकुमार यादवले १५ तथा ईशान किसनले १० रन बनाए ।
बेङ्लाेरका लागि कर्ण शर्माले २ विकेट लिए भने मोहम्मद शिराज, रिस टोप्ली, आकाश दीप, हर्षल पटेल र माइकल ब्रेसवेलले एक/एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७२ रनले हराएको थियो ।
आईपीएल क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्ने छन् । खेल बेलुका पौने ८ बजे चेन्नईमा हुनेछ ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया