

न्युजिल्यान्डसँगको टी–२० शृङ्खला भारतलाई : निर्णायक खेलमा न्युजिल्यान्डको इतिहासकै खराब हार


काठमाण्डाै
न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतले न्युजिल्यान्डलाई १ सय ६८ रनको फराकिलो अन्तरले हरायो । भारतको टी–२० खेलमा यो सर्वाधिक ठूलो अन्तरको जित हो । यसअघि आयरल्यान्डलाई १ सय ४३ रनले हराएको थियो ।
न्युजिल्यान्डसँगको तीन खेलको टी–२० शृङ्खला भारतले २–१ ले जितेको छ । जितका लागि २ सय ३५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२ ओभर १ बलमा ६६ रनमा अलआउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले सर्वाधिक ३५ रन बनाए । आफ्नो इतिहासकै खराब हार बेहोरेको न्युजिल्यान्डका ९ जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
भारतका हार्दिक पान्ड्याले ४ विकेट लिए । त्यस्तै अर्शदीप सिंह, उमरान मलिक र शिवम् माभीले समान २/२ विकेट लिए । त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो ।
भारतका शुभमन गिलले १ सय २६ रनको अविजित शतकीय पारी खेले । न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, इश सोधी र डर्याल मिचेलले समान १/१ विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी भएको थियो भने दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डसँगको तीन खेलको एकदिवसीय शृङ्खलामा भारतले क्लिन स्वीप गरेको थियो ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया