


कम्युनिष्ट पार्टि भित्रको भावना र मर्मलाई ओलीले छियाछिया पारे : माधव कुमार नेपाल



सुशील गैरे कपिलवस्तु ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्ट पार्टि भित्रको भावना र मर्मलाई ओलीले छियाछिया पारेको बताए। कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेला तथा पार्टि प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
६ महिना अघि मात्रै गठन गरिएको पार्टीमा जनताको लहर बढेको बताउँदै उनले आफ्नो पार्टीप्रतिको जनलहर देखेर विपक्षी दलहरू अत्तालिएर बर्बराउन थालेको बताएका छन्। उनले ओली परिवर्तन विरोधी भएको आरोप पनि लगाए। पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले आगामी निर्वाचनमा बामपन्थको नाममा बर्को ओढेकाहरुलाई पराजित गर्नुपर्ने बताए । उनले आगामी निर्वाचनमा सत्ता साझेदार गठबन्धन मिलेर जाने भएकोले देशभर गठबन्धनका साझा उम्मेदवारले जित्ने दाबी गरे। अध्यक्ष नेपालले भने, ‘आवश्यकताका आधारमा कहाँसम्म मिल्छ, त्यहाँसम्म गठबन्धन हुन्छ।’ गठबन्धन गर्नुपर्छ भन्नेलाई सँगै लैजानुपर्ने र नगरौं भन्नेलाई एक्लै उठ्न दिनुपर्ने उनको भनाइ छ। अध्यक्ष नेपालले भने, ‘गठबन्धन गर्नु हुँदैन भन्नेलाई एक्लै उठ्न दिनुपर्छ।’
एकीकृत समाजवादी पार्टी समाजवादको दिशामा अगाडि बढेको बताउँदै न्याय, सत्य र परिवर्तनको लागि काम गर्न उनले नेता कार्यकर्तालाई आग्रह गरे।
उनले २०५१ सालमा एक सय रुपैयाँबाट सुरू गरिएको वृद्ध भत्ता अब मासिक ५ हजार पुर्याउने दाबी समेत गरे।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया