


देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी : नेता खनाल



काठमाडौं
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देशको संविधानको रक्षा गर्नु राजनीतिक पार्टीहरुको जिम्मेवारी भएको बताएका छन् । बिहीबार काटमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले देशको संविधानको रक्षा गर्नु सम्पूर्ण नेपाली र राजनीतिक दलहरुको दायित्व भएको बताएका हुन् ।
त्यस्तै उनले लोकतान्त्रिक क्रान्ति सम्पन्न गरेर नयाँ संविधान निर्माण भएको उल्लेख गर्दै यो संविधान तुलनात्मक रुपमा राम्रो भएको बताए । उनले भनेका छन्, ‘हामीले दश वर्ष लगाएर नयाँ संविधान पनि निर्माण गरेका छौँ । यो एउटा राम्रो संविधान बनेको छ । यद्यपी संविधान कुनैपनि अन्तिम हुँदैनन् । यो पनि अन्तिम भन्नुपर्छ भन्ने मलाई लाग्दैन ।’
तर सकेसम्म यसको लामो आयु होस् भनेर कामना गर्नुपर्ने बताउँदै उनले भने, ‘यो तुलनात्मक रुपले राम्रो संविधान हामीले बनाएका छौँ । स्वभाविक रुपले यो संविधानमार्फत् हामीले २०६२-६३ को जनक्रान्तिको उपलब्धिहरुलाई संस्थागत गरेका छौँ । त्यसैले यो संविधानको रक्षा हामी सम्पूर्ण २ करोड ९२ लाख नेपाली र उनका प्रतिनिधिहरुको रुपमा रहेका सम्पूर्ण राजनीतिक पार्टीहरुका निम्ति एउटा ठूलो जिम्मेवारीको विषय हो ।’
त्यस्तै उनले आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र गुणस्तरीय ढंगले सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया