

सर्वाेच्चमा गोरु ब्यायो, गोरुले पाँचवटा बाच्छा पनि पायो : ओली



काठमाडौं
प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वाेच्च अदालतमा अहिले गोरु ब्याएको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा एप्रेस चौतारी नेपालको नवौं महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले जनादेशको आदेश पालना गर्ने कि परमादेशको पालना गर्ने भन्दै सर्वाेच्चमा गोरु ब्याएको टिप्पणी गरेका हुन् ।
आफू प्रधानमन्त्री रहँदा संसद विघटन गरेर ताजा जनादेशमा जाने निर्णय गर्दा सर्वाेच्चले त्यसलाई उल्ट्याइदिएर परमादेशमा देउवा सरकारको बाटो खुलाइदिएको प्रसंगलाई संकेत गर्दै ओलीले यस्तो टिप्पणी गरे । ओलीले सर्वाेच्चमा ब्याएको गोरुले पाँचवटा बाच्छा पनि पाएको टिप्पणी गरे ।
उनले भने, ‘एकजना न्यायाधीशलाई अमेरिकाबाटै मेल आउँछ । कपी ओली सरकार ढाल्नु नै थियो । किन ? संविधान बाहिर गइगइकनै हामीले यत्रो ठूलो उपलब्धि हासिल गरेका छौँ अथाव एउटा जननिर्वाचित प्रगतिशिल सरकारलाई ढालेका छौँ । दुनियाँमा नभएको अधिकार प्रयोग भएको छ अदालतबाट । तर, नेपालमा एकपल्ट एक जनाले भनेका थिए–गोरु ब्याउँदैन भन्थे नेपालको सर्वोच्च अदालतमा ब्यायो । उनले उहिल्यै ०५२ सालमा । अहिले गोरु ब्याएन मात्रै होइन ५ वटा बाच्छा पनि पायो ।’


खबर सबै
-
दुर्गा प्रसाईं पक्राउ
-
बुटवलमा आजदेखि अन्तर्राष्ट्रिय पुरुष भलिबल, भारत र श्रीलंकासहित ८ समूह प्रतिस्पर्धामा
-
नारायणी नदीमा क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द
-
दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा २७ जनाको मृत्यु
-
बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध
-
विपदबाट चार दिनमा १६ जनाको मृत्यु







प्रतिक्रिया