जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्यमा कपिलवस्तुका उपाध्याय मनोनयन

कपिलवस्तु

कपिलवस्तु जिल्लाका श्रवण कुमार उपाध्याय (राजन ) जनता प्रगतिशील पार्टी नेपालको केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।

पेशाले कानुन व्यवसायी रहेका उपाध्यायलाई आज जनता प्रगतिशील पार्टीका महासचिव ईश्वर दयाल मिश्रले उहाँलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको केन्द्रीय अध्यक्ष हृदेयश त्रिपाठी हस्तारिक्षत पत्र हस्तान्तरण गरेका छन् ।

कम समयमा नै कपिलवस्तु जिल्लामा जनता प्रगतिशील पार्टी नेपाल जन समुदाय माझ लोकप्रिय बन्दै गएको र
विभिन्न पार्टीका वडा, पालिका,जिल्ला तथा केन्द्र स्तरीय नेताहरु सम्पर्कमा रहेको र जनता प्रगतिशील पार्टी नेपालमा सामेल हुन समेत सक्ने जनाईएको छ ।

प्रतिक्रिया

खबर सबै