


गठबन्धन जोगाउँदै एमसीसीलाई निकास दिनेमा हाम्रो जोड छ: प्रचण्ड



काठमाण्डाै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउँदै अमेरिकी सहयोग एमसीसी सम्झौतालाई निकास दिन प्रयास भइरहेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसँगको भेटपछि अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे । आज बेलुका ५ बजे सत्ता संयन्त्रको निर्णायक बैठक बस्न लागेको र त्यहाँ गम्भीर छलफल हुने उहाँकाे भनाइ छ ।
‘हामी पाँच दलको सत्ता गठबन्धनलाई कसरी जोगाउने र यो एमसीसीलाई कसरी निकास दिने भन्नेमा केन्द्रित छाैँ । आज एउटा निचोड निस्किन्छ, हाम्रो जोड चाहिँ गठबन्धन बचाउनेमै छ’, प्रचण्डले भन्नुभयो ।
सत्ता साझेदार दलहरु कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सहमति नहुँदा एमसीसी सम्झौता अन्योलमा परेको छ । माओवादी केन्द्रले यथास्थितिमा एमसीसी सम्झौता अनुमोदन नगर्ने निर्णय गरेको छ ।
हिजो बसेको प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौता टेबल गर्ने भनिए पनि सर्वसहमति विना एमसीसी टेबल भए गठबन्धनबाट बाहिरिने प्रचण्डको अडानपछि गठबन्धनको बैठकमा छलफल गर्न लागिएको हो । एमसीसीबारे साझा धारणा बनाउन र सहमति जुटाउन आज गठबन्धनको बैठक बस्न लागेको हो ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया