


माओवादीको केन्द्रीय कमिटीमा २० प्रतिशतयुवाको प्रतिनिधित्व अनिवार्य



काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको संख्या २९९ सदस्यीय बनाउने प्रस्ताव पेश भएको छ ।
पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट पार्टीको विधान मस्यौदा प्रस्तुत गर्दै १५ जनाको पदाधिकारीसहित केन्द्रीय कमिटी २९९ सदस्यीय रहने प्रस्ताव पेश गरेका हुन् ।
उनको प्रस्तावमा बन्दसत्रमा छलफल भएर संशोधनसमेत हुन सक्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
गुरूङले पेश गरेको प्रस्तावअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुई जना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने भनिएको छ ।
केन्द्रीय कमिटीमा महिलाको ३५ प्रतिशत, दलितको १५ प्रतिशत, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था पनि गुरूङले प्रस्ताव गरेका छन् । सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गर्ने प्रस्ताव गरिएको छ ।
त्यसबाहेक केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने प्रस्ताव गुरूङले बन्दसत्रमा पेश गरेका छन् । पदाधिकारी र सबै तहका कमिटीहरूमा समावेशी प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने गुरूङले पेश गरेको विधान संशोधन प्रस्तावमा उल्लेख छ ।


खबर सबै
-
बुटवलको तिनाउ नदि किनारका १५ जनालाई सुरक्षित स्थानमा सारियो
-
भारी वर्षाको पूर्वानुमानपछि लुम्बिनीमा १६ सयभन्दा बढी तालिम प्राप्त सशस्त्र प्रहरी परिचालन
-
बुटवल-पाल्पा सडक पहिरोले अवरुद्ध
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
राष्ट्रसंघमा बालेनको प्रस्ताव : नेपाल, भारत र चीन मिलेर हिमालय जलवायु उत्थानशीलता संयन्त्र बनाऔँ
-
कपिलवस्तुमा थपिए ९ जल तथा मौसम मापन केन्द्र, बाढीको पूर्वसूचना प्रणाली बलियो बनाइँदै
-
अत्यधिक भारी वर्षाको सम्भावना, तीन दिन उच्च सतर्कता अपनाउन बाणगंगा नगरपालिकाको आग्रह
-
कृष्णनगरबाट १६ लाख ८० हजारका ल्यापटप डिस्प्ले बरामद
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा.वाग्लेलाई
-
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान






प्रतिक्रिया