तीन दिनको मौसम :पश्चिमी वायुको प्रभाव कायमै

पुष १० काठमाडौं ।
देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान ६ बजे जारी मौसम पूर्वानुमान बुलेटिनका अनुसार देशभर मौसम सामान्यतया सफा रहेपनि पश्चिमी वायुको सामान्य प्रभावले तराईरपहाडका केहि भू(भागमा हुस्सुरकुहिरो लागेको हो।

शुक्रबार दिउँसो देशको पहाडी भू(भागमा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। राती प्रदेश नं १ मा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
शनिबार दिउँसो प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशका पहाडी भू(भागमा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। राती गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
आइतबार दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ। राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदली रहनेछ।

प्रतिक्रिया

खबर सबै