

एकै चरणमा चुनाव गर्न निर्वाचन आयोगको सुझाव


पुस ५, काठमाण्डौ ।
निर्वाचन आयोगले एकै चरणमा चुनाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव एकै चरणमा गर्नुपर्ने सुझाव दिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘एकै चरणमा चुनाव गराउँदा व्यवस्थापनमा सजिलो हुन्छ र आर्थिक हिसाबले सस्तो पनि पर्न जान्छ भन्ने सल्लाह प्रमुख आयुक्तले दिनुभएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
निर्वाचन आयोग सरकारले भनेकै मितिमा चुनाव गराउन तयार रहेको र सरकारको निर्देशन प्राप्त हुनासाथ तयारी थाल्ने पनि उहाँले बताउनुभयो ।
प्रधानमन्त्री केपी ओलीले आइतबार संसद् विघटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते २ चरणमा चुनाव गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ । यो प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसक्नुभएको छ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया