

कश्मीर गोली हानाहानमा दाङका एक युवा मारिए

मंसिर १३ दाङ ।
भारतको जम्मु–कश्मीरमा भएको गोली हानाहानमा शुक्रबार भारतीय सेनामा कार्यरत दाङको तुलसीपुरका एक युवकको मृत्यु भएको छ ।
रजौरी जिल्लाको सुन्दरबनी सेक्टरमा गोली लागेर सेनाका नायक प्रेमबहादुर खत्री र राइफलम्यान सुखवीर सिंहको मृत्यु भएको हो । पाकिस्तानतर्फबाट चलेको गोली लागेर गम्भीर घाइते दुवैको मृत्यु भएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।
भारतको सीमा सुरक्षामा खटिँदा मारिएका ३० वर्षीय खत्री तुलसीपुर–९ बेलुवाका हुन् । कश्मीरबाट शनिबार बिहान लखनउ आइपुग्ने छोराको शव लिन पिता लालबहादुर शुक्रबारै त्यसर्फ गएको बेलुवा प्रहरी चौकीका इन्चार्ज असई प्रदीप खड्काले बताए । प्रेमका भाइ लोकराज चार वर्षदेखि अमेरिकामा छन् । उनी भने भारतीय सेनाका भुपु सुबेदार पिताकै पथ पछ्याएर १३ वर्षअघि भर्ती भएका थिए । घरमा आमाबुबा, श्रीमती, ७ वर्षीय छोरी र ५ वर्षीय छोरा छन् ।
गत चैतअघि दुई महिने बिदामा आएर घर बसेर गएका उनी नियमित फोन सम्पर्कमा रहेको र बिहीबार राति मात्रै भिडियो कलमा कुराकानी भएको छिमेकी तुलसी केसीले बताए । ‘परिवारका सबै जनासँग घरव्यवहारको कुरा भएको थियो,’ उनले भने, ‘यस्तो होला भन्ने केही थाहा थिएन ।’ घटनाका बारेमा ‘लाइन अफ कन्ट्रोल’ मा शान्ति कायम गर्ने समझदारी उल्लंघन गर्दै पाकिस्तानतर्फबाट गोलाबारी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कान्तीपुरबाट ।


खबर सबै
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
पाँच महिनाको नेतृत्व संकट अन्त्य : जनसेवा कृषि सहकारीमा नयाँ नेतृत्व चयन
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर









प्रतिक्रिया