ह्याम्स र स्टार अस्पतालले विदेश जानेलाई नक्कली पीसीआर रिपोर्ट दिए, छानविन सुरू

मंसिर ४, काठमाडौं

काठमाडौंका ह्याम्स लगायतका केही अस्पताल र निजी ल्यावहरुले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएको छ ।

काठमाडौंको मण्डिखाटारमा रहेको ह्याम्स अस्पताल, सानेपामा रहेको स्टार अस्पतालले पीसीआरको नक्कली रिपोर्ट दिने गरेको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले कोभिड- १९ संकट ब्यवस्थापन केन्द्र र स्वास्थ्य मन्त्रालयलाई पत्र काटेर उनीहरुमाथि छानबिन गर्न र कारबाही गर्न समेत भनेको छ ।

यी अस्पतालले कोरोनो पोजेटिभ रिपोर्ट आएपनि विदेश जानेहरुलाई नेगेटिभ दिने गरेको खुल्न आएको छ । नक्कली रिपोर्ट लिएर गएका यात्रुहरु हङकङ्ग र युएइ पुगेपछि यी अस्पतालको रिपोर्टमाथि पर्यटन मन्त्रालयले छानबिन थालेको हो । त्यस्तै सुरिया हेल्थ केयर, सेन्ट्रल डाइनोष्टिक ल्यावोटरीले पनि ह्याम्स अस्पताल र स्टार अस्पतालको बाटो पछ्याउँदै पीसीआरको नक्कली रिपोर्ट दिने गरेको खुल्न आएपछि अनुसन्धानका लागि पत्र काटिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

यी अस्पताल र ल्यावहरुकै कारण नेपाल एयरलाइन्स हङकङ्ग, युएइ सहितका केही देशहरुमा उडान प्रतिबन्धमा परेको छ । हङकङ्ग सरकारले त नेपाल एयरलाइन्सलाई ३ पटक प्रतिबन्ध लगाइसकेको छ । पर्यटन मन्त्रालयले काटेको पत्रमा ह्याम्स, स्टार लगायतका यी ल्यावहरुले स्वाव नै संकलन नगरी विदेश जानेहरुलाई रकम लिएर पीसीआर रिपोर्ट दिने गरेको उल्लेख छ ।

प्रतिक्रिया

खबर सबै