

पुजारी हत्या आरोपमा नवलपरासीबाट भारतीय नागरिक पक्राउ


ई–साझाकुरा, कार्तिक ३०
नवलपरासीको सुस्ता गाउँपालिकामा यसअघि पुजारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले नवलपरासीको प्रतापपुरबाट भारतीय नागरिक २१ वर्षीय धनञ्जय मौर्यलाई पक्राउ गरेको हो।

पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
यसअघि गत कात्तिक ९ गते दिउँसो ३ बजे सुस्ता गाउँपालिका वडा नं. ४ पश्चिम टाँडीमा ७२ वर्षीय पुजारी महँगु केवट मृत अवस्थामा फेला परेका थिए। धारिलो हतियार प्रयोग गरी उनको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
मृतकको छोरीबाट अभियुक्त मौर्यकोको पहिचानका आधारमा पक्राउ गर्न सफलता मिलेको प्रहरीले जनाएको छ। मौर्यले मौखिक वयानबाट पुजारीको हत्या स्वीकार गरेको प्रहरीको दावी छ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया