गोली हानी एक युवतीको हत्या

कार्तिक २७, ई–साझाकुरा

रौतहटमा फेरि एक युवतीको हत्या भएको छ । रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ५ निवासी १८ वर्षिया युवती अनिता कुमारी साहको गोली हानी हत्या भएको हो ।

उनलाई गएराती ११ बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा गोली हानिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धिबिक्रम साहले जानकारी दिनुभयो ।

प्रहरी उपरिक्षक साहका अनुसार युवतीको टाउकोमा गोली लागेको छ । हाल सो स्थानमा प्रहरीको टोली पुगेर घटनास्थल सिल गरिसकेकाे छ भने थप अनुसन्धान गरिरहेको छ ।  युवतीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर लैजाने तयारी भइरहेको उहाँले बताउनुभयो

प्रतिक्रिया

खबर सबै