

फाल्गुनन्दको उपदेश पालन गरे राष्ट्रिय एकतालाई सबल बनाउन सकिन्छ : राष्ट्रपति भण्डारी


कार्तिक २५, ई–साझाकुरा
राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द लिङ्देन जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किरात धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएकाे छ ।
राष्ट्रपति भण्डारीले सामाजिक चेतना फैलाउने फाल्गुनन्दलाई महान् धार्मिक तथा समाज सुधारक र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविद्का रूपमा पनि लिन सकिने बताउनुभएकाे छ ।
उहाँले किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएकाे छ ।
फाल्गुनन्द जयन्तीले हामी सबैलाई समाजमा रहेका विकृति र विसंगति हटाउँदै प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण गर्नका लागि समाज सुधारका अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि उहाँले गर्नुभएकाे छ ।
किरात धर्मावलम्बीका महागुरु तथा राष्ट्रिय विभूति फाल्गुनन्दले समाज सुधारका लागि खेलेको भूमिकाको कदर गर्दै पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, धनकुटा, संखुवासभा, मोरङ, सुनसरीका साथै किरात धर्मावलम्बी रहेका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरी हरेक वर्ष कात्तिक २५ गते उनी जन्मिएको पावन दिनका सम्झनामा जन्मजयन्ती मनाउने गरिन्छ ।
वि. सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उहाँले जीवनको अन्तिम समयसम्म किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गर्नुभएकाे थियाे ।
फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया