थप २४ कोरोना संक्रमितको मृत्यु

कार्तिक १७, ई–साझाकुरा

पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २४ संक्रमितले ज्यान गुमाउँदा नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको छ ।

केही दिनदेखि निरन्तर बढीरहेको मृत्यु दरले अत्यास लाग्दो अवस्था निम्त्याउन थालेको छ । मृत्यु हुनेको संख्या निरन्तर दोहोरो अंकमा रहदा मृत्यु दर बढिरहेको अवस्था देखाएको छ । नेपालमा अहिले कोरोना पोजिटिभ भएकाहरुको मृत्यु दर शून्य दशमलव ६ प्रतिशत रहेको छ ।

यस्तै कुल मृत्यु प्रति दश लाखमा (पोजिटिभमा) ३२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै