

रामदतिवनका नाममा गाईको तस्करी गर्ने गिरोह सक्रिय


साउन २८ कपिलवस्तु / कपिलवस्तुको वाणगंगा नगरपालिका बाट अवैध रुपमा गाईको तस्करी गर्ने गिरोह सक्रिय भएको भन्दैै गयराती स्थानियले गाई ल्याउने समुहलाई धपाएका छन् । गयराती वाणगंंगा नगरपालिकाको वडा नम्बर ७ स्थित खारखानी क्षेत्रबाट स्थानियले ठूलो संख्यामा गाईको तस्करी गर्ने गिरोह सक्ररिय रहेकाे भन्दै लखटेका हुन। कपिलवस्तुको मायादेवी गाउँपालिका भित्रका विभिन्न ठाउँबाट चारनम्बर जिपुर हुदै खारखानीमा ल्याईका करिब ४ सयको संख्यमा रहेका गाई वाणगंगा नगरपालिका वडा नम्बर ९ को धार्मिक स्थल राम दतिवनमा लैजानका लागि ल्याएको गाई ल्याउने व्यक्तिहरुले बताएका थिए । यद्यपि रामदतिवन क्षेत्र व्यवस्थापन समितिलाई भने यस विषयमा कुनै जानकारी नभएको बुझिएको छ । वडा नम्बर ७ का स्थानिय भक्तिराम शर्माका अनुसार हिजो बेलुका करिब ८ बजे खारखानीमा ल्यार्ईएका ती गाई रामदतिवन नभई अन्यत्रै लैजाने उनीहरुको योजना थियो । स्थानियले राति करिब ११ बजे सम्म लगाएर ति गाई र गाई ल्याउने मानिसहरुलाई त्यहाबाट धपाएको शर्माले बताउनुभयो । यस्तै ८ देखि १० जनाको संख्यमा रहेका गाई ल्याउने मानिसहरुले कपिलवस्तुका दुई वडा स्थानिय तहहले बनाइदिएका आर्थिक सहयोगका पत्र समेत बोको थिए । वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाले बनाईदिएका आर्थिक सहयोगका पत्रमा रामदतिवन क्षेत्रमा महायज्ञ आयोजनाका लागि आर्थिक सहयोगको पत्र रहेको बुझिएको छ । खारखानीबाट गाई अन्यत्र लैजान नपाएपछि उनीहरु राति नै पुर्व तर्फ लागेका छन् ।


खबर सबै
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु






प्रतिक्रिया