

वीरगन्जको अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि


ई-साझाकुरा, साउन २३
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको छ।

वीरगन्ज छपकैया निवासी उनको बिहीबार राति साढे एक बजे मृत्यु भएकोमा पछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।
वृद्धलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट बिहीबार राति ‘रिफर’ गरिएको थियो। उनी दम, मधुमेहका रोगी थिए।
केही दिनदेखि ज्वरो र सास फेर्न समस्या देखिएपछि उनी एड्भान्समा भर्ना भएका थिए।योसँगे कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ। आजै पाटन अस्पतालमा पनि दुई जना संक्रमितको मृत्यु भएको थियो। मृृृत्युु हुनेमा सुनौलीका ४५ वर्षीया महिला र सर्लाहीका ४१ वर्षीय पुरुष हुन्।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया