



बुटवलमा एकाविहानै महिलाले श्रीमानमाथि गरिन चक्कु प्रहार

बुटवल उपमहानपालिका-११ नहरपुरमा आज विहान एक महिलाले श्रीमानमाथि चक्कु प्रहार गरेकी छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विहान करिव ४ बजेको समयमा महिलाले चक्कु प्रहरारबाट स्थानीय ३० वर्षीय सुरज गुरुङ घाइते भएका छन् ।
आपसी बिवादका कारण श्रीमानमाथि चक्कु प्रहार गर्ने महिला ३८ वर्षीया पवित्रा गुरुङलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट घाइते सुरजको टाउको र घाँटीमा चोट लागेको छ । लुम्बि प्रादेशिक अस्पतालबाट थप उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा लगिएको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त भएको चिकित्सकले जनाएका छन् । घटनाको सम्पूर्ण विवरण बारे अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

खबर सबै
-
कपिलवस्तुको बाणगंगाबाट ५ जना जुवाडे र होटल सञ्चालक पक्राउ
-
सभापति देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
-
एक तोला सुनको मूल्य २ लाख ७० हजार ६०० पुग्यो
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
निर्वाचन आउन ५३ दिन बाँकी, सामाजिक सञ्जाल पनि आचारसंहिताको दायरामा
-
राष्ट्रपतिद्वारा राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण
-
देशभर पश्चिमी वायुको आंशिक प्रभाव
-
आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मुलुकभर मनाइँदै
-
लायन्स कपिलवस्तुको सामाजिक पहल : विपन्न परिवारलाई चिसो मौसममा न्यानो सहयोग
-
राष्टिय एकताको सन्देश सहित ‘पृथ्वी जयन्ती’ मनाउने वेलफेयरको तयारी











प्रतिक्रिया