



देशभर अहिलेसम्म ७८ प्रतिशत धान रोपाइँ

साउनको मध्य हुनै लाग्दा देशभर ७८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । सबैभन्दा बढी धान फल्ने मधेश र कोशीमा कम रोपाइँ छ । मधेशमा अहिलेसम्म झन्डै ५२ प्रतिशत मात्रै रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता केन्द्रले जनाएको छ ।
मधेशमा कुल ३ लाख ७२ हजार छ सय ४५ हेक्टरमा रोपाई गरिन्छ । हिजोसम्म एक लाख ९३ हजार एक सय १६ हेक्टरमा मात्रै रोपाइँ भएको छ । यो गएको वर्षको तुलानामा आधा मात्रै हो । गएको वर्ष यो समयमा मधेश प्रदेशमा ९२ प्रतिशत रोपाइँ भएको थियो । धान उत्पादनको दोस्रो ठूलो प्रदेश कोशीमा रोपाइँ कमी आएको छ । कोशीमा ८० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।
गएको वर्ष यही समयमा कोशीमा ९० प्रतिशत रोपाइँ भएको थियो । सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइँ भएको छ । त्यहाँ अहिलेसम्म ९९ प्रतिशत रोपाइँ सकिएको छ । यस्तै कर्णाली प्रदेशमा झन्डै ९२ प्रतिशत, लुम्बनीमा ९२ प्रतिशत, बागमतीमा ८७ प्रतिशत र गण्डकी प्रदेशमा ८४ प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया