



थवाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तीन दिनपछि आए पालिकाको सम्पर्कमा

तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी पालिकाको सम्पर्कमा आएका छन्।
असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर लगायत सात जना कर्मचारी बुधबार मात्रै सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्षा ऋषिकेष बुढामगरले जानकारी दिए।
‘उहाँहरू गुल्मी पुग्नुभएको रहेछ। केही समयअगाडि सम्पर्क भयो। लिवाङ हुँदै कार्यालयमा फर्कन्छु भन्नुभएको छ,’ पालिका अध्यक्ष बुढामगरले भने।
२३ गते रातिदेखि प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरू सम्पर्कविहीन भएपछि पालिकाले सूचना नै जारी गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको थियो।
पालिकाले जारी गरेको सूचनाअनुसार २३ गते राति प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको भुक्तानी गर्न ओटिपी कोडका लागि भोलिपल्ट रूकुम पूर्वमा गई काम गर्ने भनेका थिए।
‘यहाँ नेटवर्कको समस्या छ। नेटवर्क आउने जाने भइरहँदा भुक्तानीमा समस्या नहोस् भनेर हुन्छ भनेको थिएँ,’ पालिका अध्यक्ष बुढामगरले भने।
प्रमुख प्रशासकीय अधिकृतसँगै सहायक प्रशासक हरिश माझी, सह-लेखापाल यज्ञ प्रसाद कँडेल, सबइन्जिनियर चन्द्रप्रकाश ओली, सबइन्जिनियर निशा आचार्य, शिवकुमार वली र सवारी चालक प्रदीप केसी सम्पर्कविहीन भएका थिए।
‘उहाँहरू सबैको फोन अफ थियो। उहाँहरू आफूले पनि सम्पर्क गर्नु भएको थिएन। सबै कर्मचारी लिएर जानुभएपछि कार्यलयको काम पनि प्रभावित भयो। अहिले सम्पर्क भएको छ। गुल्मी किन जानुभयो पनि भन्नुभएन,’ पालिका अध्यक्ष बुढामगरले भने।
बुधबार दिउँसो २ बजे उनीहरू बुर्तिबाङको एउटा होटलमा रहेको जानकारीमा आएको पनि पालिका अध्यक्ष बुढामगरले बताए।
यस विषयमा कर्मचारीहरू कार्यालय फर्केपछि छलफल हुने अध्यक्ष बुढामगरले बताए।
यसबारे बुझ्न थवाङका प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरलाई कार्यालयको वेबसाइटमा भएको नम्बरमा सम्पर्क गर्दा उनले फोन उठाएनन्।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया