पहिरोले पुरिएर बुबाको ज्यान गयो, १३ वर्षीय छोरा वेपत्ता

म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको र उनका छोरा १३ वर्षका सरोज विक बेपत्ता रहेका म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । उनका अनुसार घर नजिकै घाँस काट्ने क्रममा पहिरो खसेर दुवैलाई पुरेको हो ।

यसैबीच धौलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी बग्न थालेको छ । अहिले नदीको बहाव सामान्य बनेको र सामान्य जोखिममात्रै रहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिए । दिउँसो काउसीबोटको भीरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो ।

प्रतिक्रिया

खबर सबै