



गुल्मी : कालीगण्डकी करिडोरसहित २ सडक अवरुद्ध

लगातारको वर्षाका कारण गुल्मी जिल्लाका दुई फरक स्थानमा पहिरो र बाढीका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएका छन् ।
सत्यवती गाउँपालिका वडानम्बर–६ स्थित डहरे खोलामा पानीको बहाव अत्यधिक बढेपछि रिडी–वामीटक्सार सडकखण्ड आज बिहान ७ बजेदेखि पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
बाढीको जोखिम कायमै रहेकाले सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरिएको छ ।
त्यस्तै, कालीगण्डकी गाउँपालिका वडानम्बर–१, गरगरे भन्ने स्थानमा कालीगण्डकी करिडोर अन्तर्गतको सडकमा आज बिहान ७ बजे माथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अबरुद्ध भएको छ ।
सो क्षेत्रमा समेत यातायात पूर्ण रूपमा ठप्प भएको छ भने यात्रुहरु अलपत्र परेका छन् । पहिरो पन्छाउने प्रयास तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आवश्यक समन्वय गरी यथाशिघ्र सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
यता जिल्ला प्रशासन कार्यालयले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै यात्रु तथा स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ ।


खबर सबै
-
प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै
-
भोलि र पर्सिदेखि पश्चिममा हल्कादेखि मध्यम वर्षाको सम्भावना
-
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन चल्दै
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
प्रतिनिधिसभा निर्वाचन : कपिलवस्तुमा ३ सिटका लागि ९८ जना चुनावी मैदानमा, कुन क्षेत्रमा कति उमेद्धार ?
-
कोइलीचौरमा उपोक्तालाई थाकल र मकैका खोस्टाबाट सामग्री उत्पादन तालिम सुरु
-
प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन
-
एसइई चैत १९ गतेदेखि २९ सम्म
-
माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग
-
भारतमा टी-२० विश्वकप नखेल्ने बंगलादेशको अडानमा पाकिस्तानको समर्थन












प्रतिक्रिया