



रेकर्ड फर्जी गरेको भन्दै एयर इन्डिया एक्सप्रेसलाई चेतावनी

भारतको उड्डयन नियामकले गएको मार्चमा एयर इन्डियाको एयरबस ए३२० को इन्जिनका पार्टपुर्जा समयमै परिवर्तन नगरेको र नियम पालना गरिएको देखाउन रेकर्ड फर्जी गरेको भन्दै चेतावनी दिएको एक सरकारी मेमोले देखाएको छ ।
एयर इन्डिया एक्सप्रेसले रोयटर्सलाई आफूले भारतीय नियामकसमक्ष त्रुटि स्वीकार र सुधारात्मक कार्य तथा रोकथामका उपाय गरेको प्रतिक्रिया दिएको छ । शुक्रबार रोयटर्सको समाचारमा युरोपेली संघको एजेन्सीले यो विषयको अनुसन्धान गर्ने जनाएको छ ।
गएको जुनमा अहमदाबादमा बोइङ ड्रीमलाइनर दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो । त्यसपछि एयर इन्डियाको तीव्र निगरानी गरिएको छ ।
एक दशकयताकै विश्वको सबैभन्दा खराब उड्डयन दुर्घटना मानिएको त्यसको अनुसन्धान अझै जारी छ । एयर इन्डिया एक्सप्रेसको एयरबसको इन्जिनबारे समस्या मार्च १८ मा औँल्याइएको थियो । दुर्घटनाभन्दा त्यो धेरै महिनाअघि हो ।
तर, नियामक संस्थाले यो वर्ष एयर इन्डियालाई तीन एयरबस विमानमा आपत्कालीन स्लाइडको म्याद नाघेको जाँच र जुनमा पाइलटको डिउटी समयको गम्भीर उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ ।
एयर इन्डिया एक्सप्रेस टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डियाको सहायक कम्पनी हो । योसँग ११५ भन्दा बढी विमान छन् । र, ५० भन्दा बढी गन्तव्यमा दैनिक ५०० उडान सञ्चालन छ ।
युरोपेली संघ उड्डयन सुरक्षा एजेन्सीले सन् २०२३ मा सीएफएम इन्टरनेसनल एलईएपी–१ ए इन्जिनमा सम्भावित असुरक्षित अवस्था सम्बोधन गर्न एक ‘एयरवर्थिनेस’ निर्देशिका जारी गरेको थियो । केही उत्पादन त्रुटि फेला परेका कारण यसमा इन्जिन ‘सिल’ र घुम्ने पार्टपुर्जाजस्ता कतिपय ‘कम्पोनेन्ट’ बदल्न निर्देशन दिइएको थियो ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया