

शनिबारदेखि बजारमा रासायनिक मलको अभाव हुदैन : कृषिमन्त्री



कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक मलको अभाव नहुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार मन्त्रालयबारे ‘ब्रिफिङ’ गर्दै उनले यस्तो बताएका हुन् ।
कृषिमन्त्री अधिकारीले एक लाख १० हजार मल आइपुगेको पार्टीलाई जानकारी गराए । उनले शनिबारसम्ममा देशका विभिन्न स्थानमा रहेका गोदामहरूमा मल पुग्ने पनि बताए ।
‘एक लाख १० हजार टन मल आइपुगेको छ । हाम्रो ३७ स्थानमा गोदाम छ । आज धेरै ठाउँमा लोड भएर भोलिसम्ममा ती गोदामहरूमा मल पुग्दै छ,’ मन्त्री अधिकारीले भने, ‘सम्पूर्ण नेताजीहरूलाई अनुरोध गर्न चाहन्छु– मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’


खबर सबै
-
बीवाईडीको बदनाम किन गराइँदैछ ? : अर्थमन्त्री
-
प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
केशव स्मृति 9A साइट फुटबलको फाइनलमा आयोजक जिनुवा र राजपुर भिड्ने
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
सबै जिल्लामा ‘भूमि समस्या समाधान समिति’ गठन, सीडीओले नेतृत्व गर्ने
-
फिफा विश्वकप सुरु हुन दुई दिन बाँकी, हेरौं पूरा खेल तालिका, मिति र फाइनलको जानकारी
-
गृहमन्त्रीमा फर्कंदै सुधन गुरुङ, शपथ आजै
-
महिनौदेखि नेतृत्वविहीन अवस्थामा जनसेवा कृषि सहकारी, व्यक्तिगत प्रभावमा संस्था नै बन्धक बन्ने खतरा
-
पूर्व सांसद तथा एमाले कपिलवस्तुका नेता गुप्ताको निधन
-
रास्वपा गुल्मी सभापतिमा हरि श्रेष्ठ निर्वाचित











प्रतिक्रिया